न्युजिल्यान्डविरूद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं, ७ माघ । आईसीसी यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

बफेलो पार्क इस्ट लन्डनमा आज दिउँसो पौने २ बजे हुने खेलमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले बलिङ गर्न लागेको हो।

आईसीसी यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।

यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।

नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।