२३ औं आहा रारा गोल्डकप

पोखरा रंगशालामा आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

काठमाडौं, १० माघ । २३ औं आहा रारा पोखरा गोल्डकपको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दै छन् ।

खेल पोखरा रंगशालामा दिउँसो २ बजे हुने छ । राइजिङ स्टार पहिलो पटक आहा रारा गोल्डकपमा सहभागी हुन लागेको हो । आर्मीको याे १५ औं सहभागिता हो ।

आहा रारा पोखरा गोल्डकपको आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । आजको विजेताले माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

आहा राराको पहिलो खेल हिजो आयोजक सहारा र थ्रीस्टार क्लबबीच भएको थियो । हिजोको खेलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनल पुगेको छ ।