सालीनदीमा भक्तालुहरुको भीड (१० तस्बिर)
काठमाडाैं, २० माघ । काठमाडौं नजिकै रहेको सालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपुर्णिमाको दिनसम्म एकमहिने श्रीस्वस्थानी व्रत लाग्ने गर्छ । यो एक महिना सालीनदीमा सामूहिक रूपमा स्नान गरी माधवनारायणको पूजाआराधना गर्नेहरुको भीड लाग्नेपर्छ ।
अझ शनिबारका दिन यहाँ ठूलो भीड लाग्छ । स्वस्थानी व्रत कथाअनुसार सालीनदी क्षेत्र ऐतिहासिक एवं पौराणिक स्थान भएकाले यसको महत्त्व बढेको छ। त्यसैले व्रत अवधिभर भक्तजन सालीनदी पुग्ने गरेका छन्। यहाँ पुग्ने भक्तजनले सालीनदीमा नुहाउने चलन छ।
सालीनदीमा स्नान गरेपछि माधवनारायण तथा स्वस्थानी माताको दर्शन गर्दा पुण्य मिल्ने जनविश्वास रहँदै आएको छ। त्यस्तै ब्रतालुलाई दान गर्दा पनि पुण्य मिल्ने मान्यता छ।