दुई सय छ पटक रक्तदान गरेका अर्जुन मैनालीले गरे आत्मदाह

काठमाडौं, २९ माघ । दुई सय छ पटक रक्तदान गरेका अर्जुन मैनालीले आत्मदाह गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा मैनालीको शव जलेको अवस्थामा फेला परेको हाे ।

उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ । कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएका छन् । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको जनाएकाे छ ।

मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । मैनालीकाे स्टाटसमा साला र उनकी पत्नीका कारण आत्महत्या गर्नु परेकाे लेखेका छन् ।

काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका मैनालीको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् ।