देशको मुहार फेर्ने हो भने ग्रिन हाइड्रोजनको विकल्प छैनः दिल्लीरत्न शाक्य अध्यक्ष (सीन) भिडियो अन्तर्वार्ता
काठमाडौं, २ फागुन । ७८ को वयका दिल्लीरत्न शाक्य सोसाइटी अफ इलेक्टिल इन्जिनियर्स नेपाल (सीन) का अध्यक्ष हुनुहुन्छ । जुद्धोदय माध्यामिक विद्यालयबाट विद्यालय तहको शिक्षा पूरा गर्नुभएका शाक्यले त्रिचन्द्र कलेजबाट विएससी गर्नुभएको थियो भने भारतको बम्वई युनिर्भसीटीबाट ईन्जिनियरिङ गर्नुभएको थियो ।
करीब १९ वर्ष नेपाल विद्यूत प्राधिकरणमा रहेर सेवा गर्नुभएका उहाँले काठमाडौं उपत्यकामा विद्युत प्रसारणलाइन विस्तारमा निकै ठूलो योगदान गर्नुभएको थियो । जाइका अल्मुनाई एशोशियसन अफ नेपाल (जान)को निर्वतन अध्यक्ष समेत रहनु भएका उहाँले जानमा रहेर करीब ३० वर्ष काम काम गर्नुभएको थियो ।
७८ को वयमा पनि किसानलाई धनी बनाउने हो भने कृषिमा आधुनिकीकरण गर्नुपर्छ भनेर यसैको अध्ययन–अनुसन्धानमा निरन्तर लाग्दै आउनु भएका शाक्य ग्रिन हाइड्रोजन अभियानमा पनि सक्रिय हुनुहुन्छ ।
हाइड्रोपावरको क्षेत्रमा लामो समय काम गर्नुभएका शाक्यसँग हाइड्रोपावरसँगै ग्रिन हाइड्रोजन, वत्तिबाट मल उत्पादन गर्नेलगायतको खोज–अनुसन्धान, त्यसको संभाव्यतालगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्न उहाँको निवास पानीपोखरी नजिकै पुग्दा उहाँ स्नोकर खेलिरहनु भएको थियो । उहाँ र उहाँको समुले ललितपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा कृषिमा आधुनिकरणको विउ रोप्दै र त्यहाँको जीवनस्तरमा पनि केही परिवर्तनको अनुभूति गराउँदै आएको छ ।
पाइलोट प्रोजेक्टका रुपमा ललितपुरको एउटा गाउँलाई साकुरा भिजेलमा परिणत गर्ने योजनामा पनि उहाँको उल्लेख्य योगदान रहेको छ । हामीले उहाँसँग केहीबेर अनौपचारिक कुराकानी गरेपछि उहाँ औपचारिक अन्तर्वार्ताका लागि तयार हुनुभयो । उहाँसँगको कुराकानीः