चन्द्रावती आधारभूत विद्यालयमा लायन्स क्लव अफ काठमाडाैं फेलाेसिपकाे विद्यालय सामाग्री सहयाेग

सिन्धुपाल्चोक, ४ फागुन । सिन्धुपाल्चोक जिल्लाकाे इन्द्रावती गा पा वडा न ८ गहते स्थित चन्द्रावती आधारभूत विद्यालयमा लायन्स क्लव अफ काठमाडाैं फेलाेसिपले विद्यालय सामाग्री सहयाेग गरेका छन् ।

विद्यालयकाे ३६ औं जन्म जयन्तीकाे अवसर पारेर लायन्स क्लव अफ काठमाडाैं फेलाेसिपका प्रेसिडेन्ट राजेश हिमालयकाे समन्वयमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

[bsa_pro_ad_space id=69]

उक्त अवसरमा लायन्स क्लव अफ काठमाडाैं इन्टरप्रेनरसिप चार्टर प्रेसिडेन्ट अम्विका तिमल्सिना, स्थानीय समाजसेवी मोहन बहादुर गिरी, प्रथम भाइस प्रेसिडेन्ट भरत काेइराला, लायन युवराज गिरी, लायन गणेश बहादुर राणाले चन्द्रावती आधारभूत विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकालाई ट्याकसुट तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग र विद्यालय सामाग्री हस्तान्तरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा चन्द्रावती आधारभूत विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुविन्द्र कुमार श्रेष्ठ तथा विद्यालयका प्रधानाध्यापक अन्जली श्रेष्ठले मायाकाे चिनाे प्रदान गर्दै सहयाेगी संघ संस्थालाई यस्ताे सहयाेगले विद्यालयकाे व्यबस्थापनमा सहयाेग पुग्ने बताउनुभयाे ।

कार्यक्रममा इन्द्रावती गा पा २ का वडा अध्यक्ष श्याम बाहदुर गिरि, वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा ७ का अध्यक्ष रविन्द्र खाती वडा ८का अध्यक्ष दिल बहादुर श्रेष्ठलगाएतका उपस्थित रहनुभएकाे थियाे ।

[bsa_pro_ad_space id=68]