एमाले बैठकमा तीन प्रस्ताव पेश, शुद्धीकरण र सदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौँ, ८ फागुन । नेकपा (एमाले) को आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रस्ताव पेश भएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धिकरण तथा सुदृढिकरण, उपाध्यक्ष विष्णु प्रसाद पौडेलले जनआधारित कार्यकर्ता र पार्टी निर्माणका चुनौति र महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षाको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्नुभएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

केन्द्रीय कमिटीको मंगलबारदेखि सुरू भएको बैठकमा प्रस्तुत भएको प्रस्तावमा केन्द्रीय सदस्यहरूले सामूहिक छलफल गरेर सुझाव पेश गर्नेछन् । प्रस्तावमा पार्टीभित्र देखिएका समस्याहरू पहिचान गर्दै त्यसको समाधानका लागि केन्द्रीय सदस्यहरूको राय मागिएको हो ।

[bsa_pro_ad_space id=69]

त्यसैगरी केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको प्रस्तावमा वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपताको समस्या देखिएको उल्लेख छ । त्यस्तै पार्टी कमिटीहरूलाई विधिसम्म सञ्चालन गर्नुपर्ने समस्या, पार्टी सदस्यता वितरण तथा सदस्यको गुणस्तर वृद्धि गर्ने समस्यासमेत उठान गरिएको छ ।

पार्टी प्रवेश गराउने र प्रवेश गर्नेहरूको व्यवस्थापनमा समेत समस्या देखिएको एमालेको प्रतिवेदनमा उल्लेख छ । गुटबन्धी, भ्रष्ट्रता, सांस्कृतिक विचलनका विरुद्ध पार्टीमा शुद्धीकरण र सदृढीकरण अभियान सञ्चालन गर्ने, पार्टीको प्रचार कार्यलाई चुस्त बनाउने पनि प्रस्तावमा उल्लेख छ ।

[bsa_pro_ad_space id=68]