नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौं, १५ फागुन । नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल हार व्यहोर्न बाध्य भएको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।