नेदरल्याण्ड्सविरूद्ध नामिबियाले पायाे २४८ रनको लक्ष्य

काठमाडौं, १७ फागुन । त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सविरूद्ध नामिबियाले २४८ रनको लक्ष्य पाएकाे छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको हाे ।
नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको छ । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए । उनले दोस्रो विकेटका लागि साइब्रान्डसँग १९३ रनको साझेदारी गरे।
साइब्रान्डले अन्तिम चार बल बाँकी छदा आउट हुनुअघि ४० बलमा ७५ रन जोड्ने क्रममा ७ चौका र ५ छक्का प्रहार गरे। तीन बल खेलेपछि रनआउट हुन पुगेका तेजा निडामनुरुले तीनै बलमा छक्का प्रहार गर्दै १८ रन बनाए।