वाफ महिला च्याम्पियनसिपमा नेपालको सानदार प्रदर्शन तर जित जोर्डनको पोल्टामा

काठमाडौँ, १७ फागुन । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र जोर्डनबीचको फाइनल खेलमा नेपालले पराजय भोगेको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी रङ्गशालामा खेल ९ः४५ बजे सुरु भएको खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको थियो । तर, जोर्डनको वाफ च्याम्पियनसिपको उपाधिमाथि दोहरो ह्याट्रिक गर्ने उद्देश्यका सामू नेपालले जित निकाल्न सकेन ।
जसका कारण जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भयो । नेपालको चौथो प्रहारमा अमृता जैसी चुकेसँगै नेपाल हारको मुखमा पुगेको हो । जैसीको प्रहार लेबनानकी गोलकिपरले रोकिन भने लेबनानले पाचौँ प्रहारमा गोल भयो ।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगे पनि नेपाल जोर्डनका सामू उपविजेतामा चित्त बुझाउन बाध्य भयो । नेपालले २९ औँ मिनेटमा सविता रानामगरले पहिलो गोल गरेकी थिइन् । ७३ औँ मिनेटमा जोर्डनले खेल बराबरीमा ल्याएको थियो । ८८ औँ मिनेटमा गोल गरेपछि जोर्डन उपाधि नजिक देखिएको थियो । तर इन्जुरी समयमा नेपालकी गिता रानाले प्राप्त पेनाल्टी अवसरमा गोल गर्दै खेल बराबरीमा पुर्याथएकी थिइन् ।
जोर्डनले खेल बराबरीमा ल्याएको थियो। उसले अफसाइड ट्रयाप बिट गरेर नेपाललाई जिल्याएको थियो । वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ । नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ । सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्स प्रस्थान गरेकी छिन् ।
यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।
नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर थिए । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी थिए। यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर थिगए ।