हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं, २० फागुन । हङकङमा हुने टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरेकाे छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टी-२० आई त्रिकोणात्मक सिरिज अर्को साता हङकङमा हुनेछ ।

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल पनि यसपटक टिममा परेका छन् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द , अविनाश बोहोरा छन् ।