चौथो वरियाताको उपप्रधानसहित यादव सरकारमा सहभागी

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।

यसअघि नै प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एमाले)का रघुविर महासेठ, माओवादीका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाउनु भएको छ भने श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्रीमन्त्रीको जिम्मेवारीमा हुनुुहुन्छ । लामिछाने पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

आज जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या अब चार पुगेको हो । जसपाबाट सरकारमा यादवसहित नवलकिशोर साह पनि थपिनु भएको छ । साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।

उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस अघि पनि उहाँ पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहिसक्नु भएको व्यक्ति हो ।