५८ लाख भन्दा बढीको औषधीसहित ट्रक नियन्त्रणमा

पर्सा, १ चैत ।  पर्सा जिल्लाको वीरगंज महानगरपालिका १७ स्थित आईसिपीको चेकप्वाईन्टबाट सशस्त्र प्रहरीले करीव ५८ लाख ५७ हजार रुपैयाँ बराबरको औषधीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको विलमा उल्लेख भए भन्दा फरक अन्य सामान समेत रहेको भन्ने सूचनाका आधारमा प्रस्तावित सीमा सुुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो । औषधी र सामान कहाँको लागि लगिएको भन्ने खुलेको छैन ।
‘नियन्त्रणमा लिइएको औषधी तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।