डोजरसँगसँगै अघि बढिरहेका छन् मेयर मोहनमायाका महिलामुखि अभियान (अन्तर्वार्ता)
काठमाडौं, १ चैत । नेपालको राजधानी काठमाडौंदेखि करीब ६०० किलोमिटर उत्तर पश्चिममा रहेको वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व अहिले मोहनमाया भण्डारी (ढकाल)ले गरिरहनु भएको छ । पूर्व उपप्रमुख ढकालले समुन्द्री सतहबाट करीब ६६५ मिटरको उचाईमा अवस्थित यो नगरपालिकाको नेतृत्व सम्हालेको दुई वर्ष पुग्न लाग्दैछ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले उहाँको नेतृत्वसँगै केही परिवर्तनका संकेतहरु प्रष्टसँग देखाएको छ ।
स्टन्टबाजीलाई क्षणिक ठान्ने मोहनमाया परिणामका लागि पर्खिनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै चुपचाप काम, काम र काममा दत्तचित्त भएर लाग्दै आउनु भएको छ । मतदाताको मतबाट जितेर आएपछि मतदाताको मन जित्न सकियो भने मात्रै सफल जनप्रतिनिधिको परिचय बनाउन सकिन्छ नभए मतदाताले दण्डित गर्छन् भन्ने चेतका साथ काम गर्ने मोहनमायाले साच्चिकै आफूले नेतृत्व लिएपछि वीरेन्द्रनगरमा केही परिवर्तनका सन्देशहरु दिदैँ आउनु भएको छ ।
पछिल्लो समय सरकारी जग्गामा बनेका संरचनामा डोजर चलाएपछि मोहनमायाको चर्चा थप चुलिएको छ । केही दिनदेखि उहाँको नेतृत्वमा नगरपालिकाको सरकारी जग्गामा बनेका अवैध संरचनामा डोजर चलाउने अभियान चलेको छ । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर बनाइएका संरचना हटाउने अभियानले अहिले करीब पूर्णता प्राप्त गर्न लागेको छ ।
पछिल्लो समय सरकारी जग्गामा बनेका संरचनामा डोजर चलाएपछि मोहनमायाको चर्चा थप चुलिएको छ । केही दिनदेखि उहाँको नेतृत्वमा नगरपालिकाको सरकारी जग्गामा बनेका अवैध संरचनामा डोजर चलाउने अभियान चलेको छ
सरकारी जग्गामा बनेको संरचना हटाउने नगरपालिकाको अभियानमा व्यवसायीहरुले सुरुमा साथ नदिए पनि मेयर मोहनमायाको अभियान नरोकिएपछि अन्ततः डोजर चल्यो । सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षको समेत जिम्मेवारीमा रहनु भएकी ढकालले ती अवरोधहरुलाई छिचोल्दै नगर क्षेत्रभित्र बनेका १ सय २५ बढी व्यावसायिक संरचना हटाउने अभियानलाई अघि बढाएपछि उहाँको थप चर्चा चुलिएको छ । नगरपालिकाले ती अस्थायी संरचना हटाएर अब त्यहाँ नगर सुन्दर अभियान अघि बढाउने तयारी गरेको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर मोहनमायाले नेतृत्व सम्हालेपछि वीरेन्द्रनगरलाई केही गर्व गर्न लायक नगरका रुपमा अघि बढाउँदै आउनु भएको छ ।
पछिल्लो समय सरकारी जग्गामा बनेका संरचनामा डोजर चलाएपछि चर्चा कमाउनु भएकी मोहनमायाले यस अघि पनि निकै चचायुक्त कामहरु गर्दै आउनु भएको छ । छोरीबीचको विभेद न्यूनीकरण गर्न उहाँले वीरेन्द्रनगरमा जन्मिने हरेक छोरीको बैंकमा बचत खाता नगरपालिकाले नै खोलिदिने अभियानले उहाँले चलाउनु भएको छ । त्यति मात्रै होइन ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बालश्रम मुक्त नगर जस्ता अभियान पनि उहाँले सञ्चालनमा ल्याउनु भएको छ ।
महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसान लगायत जस्ता महिला सम्बन्धी योजना पनि उहाँले सञ्चालनमा ल्याउनु भएको छ । निःशुल्क स्यानिटरी प्याड, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम उहाँले नेतृत्व गरेपछि ल्याइएका कार्यक्रम हुन् । खानेपानी समस्या समाधानदेखि फोहोर व्यवस्थापनसम्म उहाँले वीरेन्द्रनगरमा गरेको उल्लेख्य काम भित्र पर्दछन् । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर उहाँकै नेतृतवमा केही दिन अघि मात्रै प्रथम कर्णाली प्रदेश महिला सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनेको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । मोहनमायासँग सरकारी जग्गामा बनेका संरचनामा डोजर चलाउने अभियानलगायतका विषयमा केन्द्रित भएर मैत्रिन्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
सरकारी जग्गामा बनेका संरचनामा डोजर चलाउने अभियान अघि बढाउनु भएको छ । यो सन्र्दभमा केही बताई दिनुहोस् न ?
वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सरकारी जग्गाहरुमा धेरै पहिलादेखि नै व्यापार–व्यवसाय गर्दै आउनु भएको थियो । उहाँहरुले त्यहाँ न्यून भाडादरमा व्यापार–व्यवसाय गर्दै आउनु भएको थियो ।
अहिले वीरेन्द्रनगर नगरपालिका मात्रै होइन यो कर्णाली प्रदेशको प्रदेश राजधानी पनि हो । जसका कारण यहाँ जनघनत्व स्वाभाविक रुपमा बढेको छ । त्योसँगै सवारी चाप पनि स्वतः बढ्ने नै भयो । यो सबैलाई व्यवस्थित गर्न एकातिर पार्किङको आवश्यकता बढ्ने भयो भने अर्कोतर्फ यो नगरपालिकालाई थप व्यवस्थित र सुन्दर बनाउनु पर्ने दायित्व पनि बढ्दै गयो ।
अहिले वीरेन्द्रनगर नगरपालिका मात्रै होइन यो कर्णाली प्रदेशको प्रदेश राजधानी पनि हो । जसका कारण यहाँ जनघनत्व स्वाभाविक रुपमा बढेको छ । त्योसँगै सवारी चाप पनि स्वतः बढ्ने नै भयो । यो सबैलाई व्यवस्थित गर्न एकातिर पार्किङको आवश्यकता बढ्ने भयो भने अर्कोतर्फ यो नगरपालिकालाई थप व्यवस्थित र सुन्दर बनाउनु पर्ने दायित्व पनि बढ्दै गयो ।
हामी यी कुराहरुलाई ध्यानमा राखेर उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाले सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अस्थायी संरचना हटाउने र त्यहाँ विकास निर्माणका काम अघि बढाउने निर्णय अनुसार काम अघि बढाएको हो ।
तपाईँ उपत्यका नगर विकास समितिको अध्यक्ष पनि हुनुहुन्छ । यो अभियानमा केही अवरोध पनि भएका छन् । यी अवरोधलाई चाँहि कसरी लिनुभएको छ ?
लामो समयसम्म यहाँ व्यवसाय गर्दै आउँदै गर्नुभएका व्यवसायीहरुले हामी अझै यहाँ व्यवसाय गर्न चाहन्छौँ भन्ने कुरालाई अस्वाभाविक मान्नु भएन । हामीले उहाँहरुलाई राम्ररी सम्झाएका छौँ । हामीले यहाँबाट उहाँहरुलाई विस्थापित गरेर अरुलाई स्थापित गराउने उदेश्यले यसो गरिरहेका छैनौँ ।
हामीले राजधानी केन्द्रित पूर्वाधार निर्माणका लागि यो अभियान अघि बढाएका हौँ । त्योसँगै नगरपालिकालाई सुन्दर बनाउने अभियान अुनसार नै हामीले यो प्रक्रिया अघि बढाएका हौँ । यो हाम्रो अभियानमा तपाईँहरुले पनि साथ दिनुपर्छ भनेर सम्झाएका छौँ । केहीलाई हामीले अझै बुझाउन सकेका छैनौँ । हामी उहाँहरुलाई पनि बुझाउँछौँ र यो अभियानलाई पूर्णता दिन्छौँ ।
नगरपालिकाले संरचना हटाउन चलाइएको डोजरमाथि समेत ढुंगामुढा गर्ने काम भयो । यस्लाई चाँहि कसरी लिनुभएको छ ?
मैले अघि पनि भने– लामो समयदेखि यहाँ व्यपार–व्यवसाय गर्दै आउनु भएका व्यवसायी साथीहरुलाई तत्ककाल हट्नु पर्ने हुँदा केही असजिलो भएको हुनसक्छ । हामीले यस्लाई त्यहि रुपमा लिएका छौँ । पछिल्लो समय त उहाँहरु स्वयंले पनि आफैँ सामानहरु हटाउनेलगायतका काम गरेर हामीलाई सहयोग गर्दै आउनु भएको छ । अहिले विस्तारै व्यवस्थापन भएको छ ।
तत्काल कति वटा संरचना तपाईँहरुले हटाउँदै हुनुहुन्छ ?
करीब २ विघा १० जमिनमा रहेका झण्डै १ सय २५ भन्दा बढी संरचना हामीले हटाउँदैछौँ । विभिन्न प्रयोजन लागि भनेर सम्झौता गरे पनि प्रयोजन विपरीत व्यापार–व्यवसाय भैरहेको पनि अवस्था थियो । नागरिक समाजले पनि सरकारी जग्गालाई संरक्षण गर्नुपर्छ भनेर हामीलाई भन्दै आएको थियो । त्यति मात्रै होइन हामी निर्वाचित भएर आएपछिको कार्यपालिकाको पहिलो वैठकको पहिलो निर्णय नै सरकारी जग्गा संरक्षण गर्दै व्यवस्थित सहर बनाउने भन्ने थियो । त्यो निर्णयको कार्यान्वयनका रुपमा पनि यो अभियानलाई लिइएका छौँ । हामी कानुनी प्रक्रिया अनुसार नै अघि बढेका छौँ ।
हामीले कार्यपालिकाको निर्णय अनुसार नै वीरेन्द्रनगर नगरपालिका वडा–८ मा रहेका संरचना हटाएर करीब पाँच ठाउँमा पार्क व्यवस्थापन र एक ठाउँमा खेल मैदान पनि निर्माण गरिसकेका छौँ । वडा नम्बर–६ र ८ मा रहेको हटिया र गोदाम क्षेत्र रहेका संरचनालाई हटाएर नयाँ योजनासहित अघि बढेका छौँ ।
हामीले कार्यपालिकाको निर्णय अनुसार नै वीरेन्द्रनगर नगरपालिका वडा–८ मा रहेका संरचना हटाएर करीब पाँच ठाउँमा पार्क व्यवस्थापन र एक ठाउँमा खेल मैदान पनि निर्माण गरिसकेका छौँ । वडा नम्बर–६ र ८ मा रहेको हटिया र गोदाम क्षेत्र रहेका संरचनालाई हटाएर नयाँ योजनासहित अघि बढेका छौँ ।
थोरै सन्र्दभ बदलौँ,
तपाईँले नगरपालिकाको नेतृत्व गरेको करीब दुई वर्ष पूरा हुन लागेको छ । यो दुई वर्षे अवधिलाई कसरी लिनुभएको छ ?
मेयर निर्वाचित हुनु अघि पनि मैले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखको हैसियतमा एक कार्यकाल काम गरेँ । पहिलो पटक निर्वाचित भएपछि मैले स्थानीय सरकार सञ्चालन ऐन, नेपाल सरकारको संविधानले स्थानीय तहलाई दिएको अधिकार र एउटा स्थानीय तहले दीर्घकालिन महत्व राख्नुपर्ने कामलाई कसरी अघि बढाउन सकिन्छ भनेर कानुन निर्माण गर्ने सन्र्दभा सहभागी भएर काम गर्ने अवसर पाएँ । त्यतिबेला पनि मैले दोस्रो पटक निर्वाचित भएँ भने दीर्घकालिन महत्वका योजना अघि बढाउने छु भनेर भन्ने गरेकी थिएँ । मेरो प्रतिवद्धता अनुसार नै यो नगरपालिकालाई अभै सयौँ वर्षसम्म यसैको जगमा उँभिएर काम गर्न सहज हुने ढंगले काम गर्ने प्रयास गर्दै आएकी छु । सरकारी जग्गाको संरक्षण अभियान पनि त्यसैको जगको लागि हो भनेर हामीले निर्वाचित भएर आएकै दिनदेखि यो अभियान अघि बढाएका हौँ ।
विभिन्न अभियानलाई अघि बढाउने कुरा त निकै चुनौति होला नि ?
नेतृत्व आफैँमा चुनौतिपूर्ण कुरा हो । अझ वीरेन्द्रनगर नगरपालिका भनेको प्रदेशको राजधानीको नगरपालिका पनि हो । तर, मैले उपप्रमुख हुँदा गरेका अनुभवलाई पनि आधार मानेर अघि बढ्दै यसलाई चुनौति भन्दा पनि अवसरका रुपमा आत्मसाथ गरेकी छु ।
तपाईँले नेतृत्व गरेपछि वीरेन्द्रनगरमा गरेका केही महत्वपूर्ण सुधारका कामहरु ?
म निर्वाचित भएर आएपछि दीर्घकालिन महत्वका योजनाहरु अघि बढाएका छौँ । विगतमा सुरु भएका पूर्वाधारका योजना जस्तै सडक, खानेपानी, फोहोर व्यवस्थापन जस्ता कुरालाई अघि बढाउँदै आएका छौँ । केहीमा हामीले पुर्णता प्राप्त गरेका छौँ भने केहीलाई अघि बढाउँदै आएका छौँ ।
सरकारी जग्गा संरक्षण अभियानलाई पनि हामीले तिव्रताका साथ अघि बढाएका छौँ । व्यवस्थित सहर निर्माणका लागि पार्क निर्माण, पार्किङ निर्माण जस्ता कुरालाई पनि ध्यानमा राखेर अघि बढेका छौँ ।
सरकारी जग्गा संरक्षण अभियानलाई पनि हामीले तिव्रताका साथ अघि बढाएका छौँ । व्यवस्थित सहर निर्माणका लागि पार्क निर्माण, पार्किङ निर्माण जस्ता कुरालाई पनि ध्यानमा राखेर अघि बढेका छौँ ।
यहाँको सबै भन्दा समस्याको विषय भनेको खानेपानी थियो । हामीले त्यसको समाधानका लागि केन्द्र, प्रदेश र नगरपालिका बीच सम्झौता गरेर भेरी लिफ्ट खानेपानी आयोजनाको काम अघि बढाएका छौँ । खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लिफ्टिङ प्रविधि मार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन योजना कार्यान्वयनमा आएको छ । यो योजना सम्पन्न भएपछि अबको ५० वर्ष वीरेन्द्रनगर नगरवासीले खानेपानीका लागि अर्को विकल्प खोज्नु पर्दैन । यो करीब चार अर्वको परियोजना हो । यो छ वर्षे योजनालाई हामीले ३ वर्ष भित्रमै वीरेन्द्रनगरवासीलाई पानी खुवाउने योजना बनाएका छौँ । यो हाम्रो नगर गौरवको योजना पनि हो ।
फोहोर व्यवस्थापनमा नि ?
फोहोर व्यवस्थापनमा पनि हामीले केही सुधारका अभियान अघि बढाएका छौँ । अहिले हाम्रो नगरपालिकामा फोहोर व्यवस्थापन अभियान अन्र्तरगत नै कुहिने, नकुहिने र दिशाजन्य लेदोको व्यवस्थापन गर्दै आएका छौँ । दिशाजन्य लेदो व्यवस्थापनबाट त हामीले अहिले करीब १४ लाख जति आन्दामी पनि गर्न सफल भएका छौँ । कुहिने फोहोरका लागि वायोग्याँस प्लान्ट कार्यान्वयनमा ल्याएका छौँ । जसका कारण कुहिने फोहोर व्यवस्थापनमा कुनै समस्या छैन । अब हामी नकुहिने फोहोर व्यवस्थापन अभियानमा छौँ ।
अहिले हाम्रो नगरपालिकामा फोहोर व्यवस्थापन अभियान अन्र्तरगत नै कुहिने, नकुहिने र दिशाजन्य लेदोको व्यवस्थापन गर्दै आएका छौँ
प्रदेश राजधानीसँगै यहाँको वसोवास पनि अव्यवस्थित बन्दै गएको छ । त्यसको व्यवस्थापनमा पनि केही पहल भएको छ ?
हामीले अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न र भूमि आयोगको कामलाई अघि बढाउने काममा पनि तिव्रताका साथ लागेका छौँ । त्योसँगै हामीले अबको दश वर्षमा वीरेन्द्रनगरको शिक्षा कहाँ ? भन्ने विषयलाई आधार मानेर दश वर्षे शैक्षिक रणनीति योजना अघि बढाउँदै छौँ । हामीले यो वर्ष ३ कक्षासम्म आफ्नै पाठ्यक्रम निर्माण गरेर पठन–पाठन सुरु गरेका छौँ । नयाँ शैक्षिकसत्रबाट कक्षा–६ सम्मको पाठ्यक्रम निर्माण गरेर पठनपाठन गर्ने तयारी गरेका छौँ । यो माध्यामिक तहसम्म लैजाने योजना छ ।
अनि स्वास्थ्यका क्षेत्रमा ?
हामीले स्वास्थ्यका क्षेत्रमा पनि केही परिवर्तनको सुरुवात गरेका छौँ । वीरेन्द्रनगर नगरपालिकाले संचालन गरिरहेको नगर अस्पतालमा महिला, बालबालिका तथा प्रसुति सेवालाई व्यवस्थित होस भनेर पाँच शैयाको थप सेवा सुरु गरेका छौँ । त्यसको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही दिन अघि गर्नुभयो ।
छोरीबीचको विभेद न्यूनीकरण गर्न हामीले वीरेन्द्रनगरमा जन्मिने हरेक छोरीको बैंकमा बचत खाता नगरपालिकाले नै खोलिदिने अभियान अघि बढाएका छौँ । ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बालश्रम मुक्त नगर जस्ता अभियान पनि हामीले सञ्चालनमा ल्याएका छौँ । महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसान लगायत जस्ता महिला सम्बन्धी योजना पनि हामीले सञ्चालनमा ल्याएका छौँ । निःशुल्क स्यानिटरी प्याड, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे, हिंसा प्रभावित महिलाका लागि कोष स्थापना कार्यक्रम पनि हामीले अघि बढाएका छौँ ।