सशस्त्र प्रहरीबलका दुई फ्युल स्टेसन अबदेखि २४ घन्टा खुला

काठमाडौं, ८ चैत । यदि तपाईँ–हामी काठमाडौँ र पोखरामा रात्रिकालिन सवारीमा छौँ अनि तपाईँ–हाम्रो सवारीको इन्धनले गन्तव्यसम्म पुग्नका लागि अभाव हुने जस्तो लाग्यो भने त्यस्तो बेलामा सशस्त्र प्रहरीबल नेपालको कल्याणकारी सेवा केन्द्रले तपाईँ–हामीलाई त्यो समस्या हल गर्न काठमाडौँको हलचोक र पोखराको मालेपाटनका फ्युल स्टेसन २४ सै घण्टा खुला राख्ने भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरीबल नेपालको कल्याणकारी सेवा केन्द्रले स्वयम्भू हलचोकस्थित हलचोक फ्युल स्टेसन र पोखरा मालेपानस्थित कालिका फ्युल स्टेसन २४ घन्टा खुल्ला हुनेछन् ।