एमाले ओखलढुंगाको अध्यक्षमा जिवी, पदाधिकारीमा को–को (मतसहित)

ओखलढुंगा, २८ चैत । नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर खड्का जिवी विजयी हुनुभएको छ । दशौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्काले १४४ र राईले १३१ मत ल्याउनुभयो । अध्यक्षकी उम्मेदवार तारा कार्कीले ३ मत ल्याउनुभयो ।

उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी हुनुभएको छ। झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी हुनुभएको हो । न्यौपानेले १८२ र बडाले ८७ मत ल्याउनुभयो ।

सचिवमा अशोक थापा निर्वाचित हुँदा प्रतिस्पर्धी टंकलाल गिरी ३९ मतले पछि पर्नुभयो । थापाले १५२ र गिरीले ११३ मत ल्याउनुभयो । २ उपसचिवमा राजिव कट्वाल र अस्मिता थापा विजयी हुनुभयो । कट्वालले दामोदर धमला र थापाले रमिला मगरलाई पराजित गर्नुभयो । कट्वालले १३८ र धमलाले १२९ मत ल्याउनुभयो । महिला उपसचिवमा थापाले १७४ र मगरले ९८ मत ल्याउनुभयो ।

एमालेको दशौं अभिवेशनबाट उपाध्यक्षमा निर्वाचित न्यौपाने म्यान अफ द इलेक्सन हुनुभयो। निर्वाचनबाट सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष जित्ने न्यौपाने निवर्तमान सचिव हुन्हुनुहुन्छ । उपाध्यक्ष पछिको बढी मत उपसचिव थापाको छ ।