राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित हुने

ललितपुर, ९ वैशाख । नेकपा (एमाले) ले पार्टीको हीरक समारोहमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । एमालेको पूर्व उपाध्यक्ष समेत रहनु भएकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएसँगै भण्डारी अब त्यो सम्मानबाट सम्मानित हुनुहुने छ । मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुरयाएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हिरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको पोखरेलले जानकारी दिनुभयो ।