अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्दै नेपाल, खेल राति सवा ९ बजे हुने

काठमाडौं, १७ जेठ । अमेरिकासँग नेपालले आज आईसीसी टी–२० विश्वकपअघिकाे दोस्रो अभ्यास खेल खेल्दैछ ।

दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग खेल्न लागेको हो । खेल अमेरिकाको डालसमा नेपाली समयअनुसार राति सवा ९ बजे हुने छ ।

[bsa_pro_ad_space id=69]

यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।

आईसीसी टी–२० विश्वकपकाे खेल जुन २ तारिखदेखि शुरु हुँदैछ । नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपाल दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेशकाे समूहमा छन् ।

 

[bsa_pro_ad_space id=68]