महिनावारीकाे विषयलाई जटिल हाेइन सहज बनाउनु पर्छ

दिपेन्द्र श्रेष्ठ/ मैत्री न्युज

काठमाडाैं, १७ जेठ । महिलामा प्राकृतिकरूपमा हुने महिनावारीलाई जटिल नभइ सहज बनाउनुपर्ने सराेकारवालाहरूले जाेड दिएका छन् ।

महिनावारी स्वच्छता दिवसकाे उपलक्षमा दशौं दिवस भब्यताका साथ मनाउँदै सराेकारवालाहरूले यस्ताे बताउनुभएकाे हाे ।

कार्यक्रममा विशेष अतिथि रहनुभएका युनिसेफका प्रतिनिधि तथा फिनल्याण्डका राजदूत रिना-रिक्का हेक्काले महिनावारीसम्बन्धी समस्या परिवारकाे मात्र नभएकाे बताउँदै सरकार र समाजकाे पनि भएकाेले दुवैपक्षले सुरक्षित महिनावारीका लागि लगानी गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. संगीता सिंहले सोह्रौँ योजनामा महिनावारीसम्बन्धी सोचमा परिवर्तन ल्याउन प्रभावकारी नीति बनाइएको भन्दै यसकाे कार्यान्यवन पक्षमा जोड दिनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा महिनावारी राष्ट्रिय सञ्जालका संयोजक, एमएचएम पीएका गुणराज श्रेष्ठले महिनावारी स्वच्छताकाे याे दशौं कार्यक्रम भएकाे बताउनुभयाे उहाँले एक जर्मन संस्थाले २०१४देखि महिनावारी स्वच्छता दिवस मनाउँदै आएकाे सन्दर्भ निकाल्नुहुँदै नेपालले पनि यस्ताे दिवस २०१८देखि मनाउँदै आएकाे बताउनुभयाे । उहाँले महिलाकाे महिनावारी सरदरमा पाँचाै दिनसम्म हुनेभएकाेले याे दिवस अंग्रेजी महिनाकाे पाँचाै महिना मे मा राखिएकाे र दिनकाे हिसावमा महिनावारीकाे समय २८मा भएकाेले मे २८मा याे कार्यक्रम गर्ने गरिएकाे बताउनुभयाे ।

सञ्जालका संयोजक श्रेष्ठले महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई महिनावारीसम्बन्धी समस्या भन्ने नलिइकन मर्यादित र स्वच्छ बनाउनतिर लाग्नुपर्ने बताउनुभयाे । उहाँले महिनारी व्यवस्थापनमा प्रयाेग गरिने दश प्रकारमा साधन मध्य प्याडकै कुरा निस्कने बताउनुहुँदै नेपालकाे जनसंख्याकाे ६१ प्रतिसत महिलामा महिनावारी सामग्रीकाे पहुँच भएकाे बताउनुभयाे ।

उहाँले ६१ प्रतिसत महिलामा महिनावारी सामग्रीकाे पहुँच भएपनि नाै प्रकारका सामग्री छाेडेर प्याडकाे प्रयाेगमा याे कस्ताे सामग्री हाे ? याे कसरी बनाइन्छ ? यस्ले हाम्राे स्वास्थ्यमा कस्ताे हानी गर्छ ? याे कति समयमा कुहिन्छ? यसले वातावरणमा कस्ताे प्रभाव पार्छ ? याे के बाट बनाइन्छ भन्ने ज्ञान प्रयाप्त नभएकाे बताउनुभयाे । उहाँले बजारमा पाइने प्याडमा ९० प्रतिसत प्लास्टीकजन्य पदार्थ हुनाले सड्न समय लाग्ने भन्दै नेपालमै उत्पादित विसुद्द कपडाले बनेकाे प्याड मात्र प्रयाेगमा ल्याइनुपर्ने बताउनुभयाे ।

बीबीसीका अध्यक्ष कृष्णकुमारी वाइवाले महिनावारीका विषयमा अहिले महिलाहरूमा धेरै परिवर्तन आइसकेकाे बताउनुहुँदै महिनावारीकाे समयमा पहिले धेरै विभेदहरू खेपेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे यो प्राकृतिक कुरा भएकाले कुनै व्यक्तिले डरलाग्दो बनाउनु हुँदैन । घरमै व्यवस्थापन गर्नुपर्छ ।

कार्यक्रममा गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे लगायतले महिनावारीप्रति सामाजिक र परम्परागत धारणालाई परिवर्तन गरि मर्यादित महिनावारी बनाउन जरुरी रहेको औंल्याए ।

किशोरीहरुका दिन नेपालद्वारा आयोजित महिनावारीमा केन्द्रित चित्रकला, कविता र कथा लेखनमा उत्कृष्ट हुनेहरूलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । साथै महिनावारी स्वास्थ्य शिक्षा सम्बन्धि विभिन्न संघसस्थाहरुको सामग्री प्रदर्शन पनि गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सद्भावना दूत रेखा जोशी, कन्ट्री डाइरेक्टर डेज फर गर्ल्सका माया खाइतु, एक्सपाेज नेपालका अध्यक्ष ज्ञान महर्जन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव सुश्री आभा श्रेष्ठ, वरिष्ठ सरकारी अधिकारीहरु, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराई, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगाएका उपस्थित रहेकाे थियाे ।