स्थानीय मुद्धालाई आँंकलन नगर्दा नेपालका विकास आयोजना ढिलाई

काठमाडौ, १७ जेठ । नेपालको सम्पूर्ण परामर्शदात्री निकायहरूको साझा संस्था स्काफका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले वार्षिक छुट्ट्याइएको रकमले आयोजना कार्यान्वयनमा ढिलाई हुने गरेको बताएका छन् ।

उनले आयोजनाका प्रभाव तथा स्थानीय मुद्दाहरूलाई पहिले नै आँकलन गर्न नसक्दा नेपालका विकास आयोजनाहरुमा ढिलाई हुँदै गएकाे बताएका हुन् ।

नागढुङ्गा टनेल आयोजनाको ढिलाईका कारणहरु पनि यस्तै रहेको चर्चा गर्दै उनले सुरक्षालाई प्राथमिकतामा नराख्दा आयोजनामा नकारात्मक प्रभाव पर्ने पनि बताए । त्यसकारण यसको लगि नयाँ इन्जिनियरहरूले सतर्कता अपनाउनु पर्नेमा उनले जोड दिए ।

ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजका अन्तिम वर्षका विद्यार्थीहरूसँग भएको अन्तरकृया कार्यक्रममा उनले नगरपालिकामा मेयरहरूले आफ्नो राजनीति अनुसारको काम गर्न र निर्णय गर्न दवाव दिने भएकोले अहिलेको परिस्थितिमा राजनीतिक दवाव प्रचुर भएको जानकारी दिए ।

राजनीति पनि विकास निर्माणका आयोजना ढिलाई हुनुको कारण रहेको उनको विश्लेषण थियो ।
उनले पढाई सकिएपछि कर्मक्षेत्रमा जाँंदा हुनुपर्ने सिपहरूबारे नव इन्जिनियर विद्यार्थीलाई जानकारी गराए । लगभग ७० जना विद्यार्थीहरू र कलेजका विषय शिक्षकहरू सम्मिलित अन्तरकृयामा अध्यक्ष शर्माले सिकारु इन्जिनियरले काममा जाँदा के कस्ता कुरामा होस् पुयाउनु पर्दछ र आयोजना व्यवस्थापनमा के कस्ता समस्याहरू आउन सक्दछ भन्ने विषयमा जानकारी दिए ।

एआई र नयाँ प्रविधिहरू तथा सफ्टवेरहरूको इन्जिनियरिङमा लगातार प्रयोग बढिरहेको तर विश्वविद्यालयको पाठ्यक्रम त्यस अनुसार परिमार्जन हुन नसक्दा हुन गएको खाल्डो भर्न सीपमुलक तालिम कलेजले नै दिनुपर्ने कुरामा पनि अध्यक्ष शर्माले जोड दिए । समुहमा काम गर्न नसके पेशागत सफलता पाउन गाह्रो हुने हुँदा समुहमा काम गर्ने सीप विकासमा लाग्न पनि अध्यक्ष शर्माले विद्यार्थीहरूलाई सुझाव दिए ।

पेशागत सफलताको लागि आवश्यक पर्दा जोखिम मोल्न सक्नुपर्नेमा अध्यक्ष शर्माले जोड दिए । उनले तत्काल सफलता नपाए पनि लगातार प्रयास गरेमा सफलता अवस्य पाउने भरोसा दिलाए ।
कार्यक्रममा स्काफ नेपालका उपमहासचिव इन्जिनियर मन्दाकिनी कार्की र कार्यकारी सदस्य इन्जिनियर दिपेन्द्रकुमार झासहित एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य इन्जिनियर विरोध रिजाल, कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख रोमहर्ष ओली तथा विषय शिक्षक प्राडा हरिकृष्ण श्रेष्ठ पनि उपस्थित थिए ।

अन्तरकृया कार्यक्रममा स्काफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको निजी क्षेत्रमा काम तथा सम्भावना प्रचुर रहेको तर सफल हुन धैर्य पनि उतिकै आवश्यक भएको बताए ।
कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी अरूणकुमार भण्डारीले अन्तरकृयाबाट विद्यार्थीहरूले पाठ्यक्रम भन्दा बाहेकको पेशागत उपयोगी विषयमा ज्ञान हासिल गर्न सक्ने भएकोले अनुभवी विज्ञहरूसँगको अन्तरकृयाबाट लाभ लिन विद्यार्थीहरूलाई सुझाव दिए । कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेज तथा स्काफबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको