आज विश्व धूमपानरहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १८ जेठ । आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै आएका छन् ।

[bsa_pro_ad_space id=69]

दिवसका धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ ।

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक छ । नेपाल धूमपान गर्ने देशहरूको २२औँ स्थानमा पर्दछ ।

धूमपान तथा सुर्तीजन्य पदार्थले मुख तथा फोक्सोमा मात्र नभई खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौलालगायतको क्यान्सर समेत हुने गर्दछ ।

[bsa_pro_ad_space id=68]