उदयपुरबाट ३ सय केजी गाँजा बरामद

उदयपुर, २० जेठ । सशस्त्र प्रहरीले आज साँझ उदयपुरबाट फेरि ३ सय केजी गाँजा बरामद गरेको छ । उदयपुर जिल्ला बेलका नगरपालिका– ८ सिसौलिघाटस्थित सुरक्षा वेश रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा सिसौलिघाटको जंगलमा ७ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ सय किलो प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको हो ।

आइतबार बिहान २ सय ८० किलो गाँजा बरामद भएको ठाउँ नजिकैबाट साँझ करिब ३ सय किलो गाँजा बरामद भएको हो । सो ठाउँमा थप गाँजा लुकाएर राखिएको भन्ने सुचना पाएपछि साँझ पनि खोजतलास गरिएको थियो ।

बरामद गरेको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।