बालुवाटारपछि तीन कम्युनिष्ट नेताविच सिंहदरबारमा भेट, के–के भयो कुराकानी ?
काठमाडौं, २१ जेठ । शीर्ष नेताहरुबिचको भेटघाट बाक्लो बनेको छ । आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।
त्यसपछि फेरि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। भेटवार्तामा मधेस प्रदेशमा सरकार गठन, पछिल्लो राजनीतिक अवस्थासँगै समसामयिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।