भारतीय निर्वाचनः २९५ स्थानमा भाजपाको अग्रता कंग्रेस २२७ स्थानमा अघि
काठमाडौं, जेठ २२ । भारतमा लोकसभा निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । ५४३ सिटमा भएको निर्वाचनको परिणाम आउन सुरु भएको हो । आज साँझसम्म ५४३ मध्ये ५४२ सिटको परिणाम आउनेछ ।
प्रारम्भिक परिणाम अनुसार गुजरातको सुरतमा भारतीय जनता पार्टी (भाजपा) का मुकेश दलाल निर्विरोध निर्वाचित हुनुभएको छ भने उत्तर प्रदेशको ८० मध्ये ७८ सिटको मतगणना अहिले जारी छ। त्यहाँ भाजपा नेतृत्वको एनडिए गठबन्धन ४० ठाउँमा अग्रता छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन ३६ ठाउँमा अग्रता लिएको छ । महाराष्ट्रका ४८ वटै लोकसभा सिटको मतगणना जारी छ।
त्यहाँ पनि २३ सिटमा कंग्रेसको इन्डिया गठबन्धन र २२ सिटमा भाजपाको एन्डिए गठबन्धन अगाडि छ। पश्चिम बंगालको ४२ मध्ये ४१ सिटमा मतगणना जारी छ। त्यहाँ तृणमुल कंग्रेस २६ सिटमा अगाडि छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनले १२ र कंग्रेस २ सिटमा अगाडि छ। बिहामा मत गणना भइरहेको ४० मध्ये ३१ सिटमा भाजपाले अग्रता लिएको छ। २ स्थानमा राष्ट्रिय जनता दल बाँकीमा अरू दलका उम्मेदवारले अग्रता लिएको छ।
भारतीय जनता पार्टीको तर्फबाट हिमाचल प्रदेशमा उम्मेदवारी दिनुभएकी कंगना रनावतले अग्रता लिनुभएको छ । पछिल्लो परिणाम अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीमा अग्रता लिनु भएको छ । केही समय त्यहाँ भारतीय कंग्रेस आइका उम्मेदवार अजय रायले केही समय अग्रता लिनु भएको थियो ।
भारतीय सञ्चार माध्ययमहरुका अनुसार अहिलेसम्म २९५ स्थानमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ। भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२७ स्थानमा अघि रहेको छ । दुबै दलले एक–एक स्थानमा विजयी हात पारेका छन् । अन्य पार्टीको जम्मा १९ स्थानमा अग्रता छ । बहुमतका लागि २७२ सिट चाहिन्छ ।