काठमाडौं महानगरपालिकाको ‘सीप मेला’ समापनमा देखिएका ११ तस्बिर
काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा आयोजना गरेको पहिलो चरणको ‘सीप मेला’ समापन भएको छ । महानगर गौरव ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत आयोजना गरेको ‘सीप मेला’ मा ३४ भन्दा धेरै पेसासम्बन्धि तालिम दिइएको थियो । पाँच हजार जनालाई रोजगारी दिने लक्ष्यसहित यो अभियान अघि बढाएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिनुभएको छ ।
‘सीप मेला’मा रोजगारदाता र बेरोजगार अनि रोजगारीका लागि अवसर खोजिरहेकाहरुलाई एकै ठाउँमा राखेर व्यावसायिक तालिमसहित रोजगारी सिर्जना गर्ने उद्देश्य महानगरपालिकाले लिएको थियो ।
नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने वातावरण निर्माण गर्नेलगायतका उद्देश्यसहित ‘सीप मेला’ को आयोजना गरेको पनि जानकारी दिनुभएको छ ।