ड्रेन निर्माणका क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएपछि कावासोती नगरपालिकामा स्थानीयले गरे ढुंगामुढा

नवलपरासी, ३२ जेठ । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को कावासोतीमा ड्रेन निर्माण गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएपछि नगरपालिकाको कार्यालयमा स्थानीयले ढुंगामुढा गरेका छन्।
स्थानीय र मृतकका आफन्तले शुक्रबार बिहानैदेखि नगरपालिकाको भवनमा ढुंगामुढा गरेपछि स्थिती तनावग्रस्त बनेकाे हाे ।
प्रहरीले भीडलाई तितरबितर बनाउन अश्रुग्यास प्रहार गरिरेकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार केही व्यक्तिहरूलाई घाइते अवस्थामा अस्पताल लगेकाे छ ।
प्रहरीले कति सेल अश्रुग्यास प्रहार भएको भन्ने पनि यकिन भइनसकेको जनाएको छ। अहिले नगरपालिका भवनमा नगरपालिकाका पदाधिकारी, प्रहरी, पिडित पक्ष, स्थानीय लगायतबीच छलफल जारी छ।
कावासोतीको फलफूल चोकदेखि पूर्वतिर ड्रेन निर्माण गरिरहेका मजदुरहरू बिहीबार पुरिएका थिए।
तानमाया थाहा मगर, सोती राना र चमेली दर्लाही मगरको पुरिएर मृत्यु भएको थियो।