महानगरको उपलब्धीमा एक वडा एक उद्यमशीलता नमूना कार्यक्रमदेखि दबू पुनरुत्थानसम्म

 

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गदर्शन र बजेटको कार्यान्वयनबाट प्राप्त उपलब्धीहरू प्रस्तुत गरेको छ । नगर सभाको १५ अधिवेशनमा सो प्रस्तुत गरिएको हो ।

आज प्रस्तुत गरिएको उपलब्धिका बुँदाहरुमा उपप्रमुख सुनिता डंगोलले चुनावी अभियानमा आफूले प्रतिवद्धता गरेका थुप्रै कार्यक्रमहरु समावेश गरिएका छन् । एक वडा एक उद्यमशीलता नमूना कार्यक्रमदेखि दबू पुनरुत्थानसम्म रहेका छन् । त्यसैगरी न्यायिक सम्मेलनलगायतका कार्यक्रम पनि डंगोलले चुनावी अभियानका क्रममा प्रतिवद्धता व्यक्त गरेका कार्यक्रमहरु हुन् । kmc