पेस्तोल देखाएर चितवनमा सुनचाँदी पसल लुटपाट

चितवन, २ असार । चितवनकाे कालिका नगरपालिपका ६, खोलेसिमलमा पेस्तोल देखाएर सुनचाँदी पसल लुटपाट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो शनिबार राती ८ः४० बजे विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको हाे ।

प्रहरीका अनुसार लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेर लगेकाे प्रहरीले जनाएकाे छ ।

पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउछा मात्रै ढोका बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयाे ।

लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।