आज विश्व योग दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौ, ७ असार । आज जुन महिनाको २१ तारिख अर्थात अन्तराष्ट्रिय योग दिवस विश्वभर योग तथा प्राणायम गरि मनाइँदै छ।
नेपालमा पनि देशैभर विभिन्न योग साधना केन्द्र तथा योग शिविरहरुले सामुहिक रूपमा योग तथा प्राणायम गरि यो दिवस मनाउदैछन्।
योगमा कर्मयोग, ज्ञानयोग र ध्यानयोग गरी तीन प्रकारका याेग पर्छन्। योगले शारीरिक र मानसिक स्वास्थ्यलाई सवल राख्दछ। ज्ञान, त्याग, वैराग्य इत्यादि । समग्रमा भन्नु पर्दा योगले जीवात्मालाई परमात्मासंग जोड्दछ।
धार्मिकविश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो ।
महर्षि पतञ्जलीका सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महर्षि पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो ।
हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा तय गर्दछ ।