मेयर र कार्यपालिका सदस्य दुबैलाई उपप्रमुख सुनिताको सझुावः मर्यादाको ख्याल गरेर अभिव्यक्ति दिऔँ
काठमाडौँ, १० असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन साहलाई पदीय मर्यादाको ख्याल गरेर अभिव्यक्ति दिन सुझाव दिनुभएको छ । आजको नगर सभाको १५ अधिवेशनको तेस्रो बैठकमा आफ्ना भनाईहरु राख्ने क्रममा उपप्रमुख डंगोलले यस्तो सुझाव दिनुभएको हो ।
डंगोलले सबै सदस्यले आफ्नो भनाई राखेपछि अन्तिममा बोल्दै यस्तो बताउनु भएको छ । उहाँ भन्दा अघि आफ्ना भनाई राख्ने क्रममा काठमाडौं महानगरपालिकाकी नगर कार्यपालिका सदस्य अनिता कार्की (डोली) ले काठमाडौं महानगरपालिकाका मेयर साहलाई सामाजिक सञ्जालमा अराजक टिकाटिप्पणी नगर्न चेतावनी दिनुभएको थियो । उहाँले नगर सभाको १५ अधिवेशनको तेस्रो बैठकमा आफ्ना भनाईहरु राख्ने क्रममा मेयर साहले केही महिना अघि सिंहदरबारमा आगो लगाउँछु भन्दै लेखेको अराजक र मर्यादाहीन स्ट्याटसप्रति संकेत गर्दै त्यस्तो अभिव्यक्ति नदिन चेतावनी दिनुभएको थियो । ‘तपाईँ जुन कुर्सीमा बस्नु भएको छ ।
त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७९ ले दिएको अधिकार अन्तरगतको हो । जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो,’ उहाँले भन्नुभएको थियो । डोलीले सिंहदरबारले प्रदत्त गरेको अधिकारको उपयाृग गरिहेको व्यक्तिले सिंहदरबारमै आगो लगाउँछु भन्दै दिएको अभिव्यक्तिको खुलेर आलोचना गर्नुभयो । ‘अहिले सिंहदरबार जलाउँछु भन्दै गर्दा तपाईँलाई महानगरपालिकाले दिएको जुन दरबार छ । त्यो दरबार महानगरवासीले जलाए भने त्यसको अवस्था के–हुन्छ रु,’ उहाँले मेयर साहलाई प्रश्न गर्दै भन्नुभयो, ‘जुन दरबारमा बसेर तपाईँले रजगज गरिरहनु भएको छ । त्यो दरबार काठमाडौं महानगरपालिकाले तिरेको राजश्वबाट बनेको दरबार हो । जुन दरबारलाई भोलि महानगरपालिकाले जलायो भने त्यसको अवस्था के–हुन्छ ?’
डोलीका भनाई र मेयर साहका अभिव्यक्ति दुबै उचित नभएको भन्दै डंगोलले पदीय मर्यादाको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको हो । ‘फरक मत सबैतिर हुन्छ । फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ । राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं । यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ । प्रमुख ज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु,’ डंगोलले भन्नुभयो, ‘तपाईँ म जस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ ।’
डंगोलले आफूहरुले काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्नु नहुनेमा पनि जोड दिनुभयो । ‘पदमा बसिसकेपछि पदको मयार्दलाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ । त्यो उदाहरण कसैले होइन तपार्इंँ म र हामी सबैले बनाउनुपर्छ । हामीले आफैँले नै उदाहरण बनाउन नसक्ने हो, मनमा जे–जे आयो बोल्ने हो भने कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रूपमा ल्याउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ,’ उहाँले भन्नुभयो ।
त्यसैले हामीले पदको मर्म बुझेर अभिव्यक्ति दिनुपर्छ । सिंहदरबार जलाउनु ठिक हैन भने, काठमाडौंको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्तिहरू कदापि राख्नु हुँदैन ।