गिरिजाबाबूको फोटो प्रदर्शनीमा ओली सानेपा पुग्दा कांग्रेसमा देखिएको खुशी ( ७ तस्बिर)

काठमाडौं, १८ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता सहकार्यको सम्झौता भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै जना पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कांग्रेस मुख्यालय सानेपामा पुग्नु भएको छ ।

दुबै जनाले पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले मुख्यालयमा राखेको फोटो प्रदर्शनी गर्नुभएको छ । ओलीसँग महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले ओलीलाई महत्वका साथ स्वागत गर्नुभएको थियो ।

सभापति देउवाले पनि खुशीयालीको हाउभाउसहित ओलीलाई फोटो प्रदर्शनी गराउनु भएको थियो । निधन २०६६ साल चैत ७ गते कोइरालाको निधन भएको हो । उहाँ वि.सं.२०४८ देखि २०५१, वि.सं. २०५४ देखि २०५५, वि.सं. २०५५ देखि २०५६, वि.सं.२०५६ देखि २०५८ र वि.सं. २०६३ देखि २०६५ सम्म गरी पाँच पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले २०६२–०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा पनि उल्लेख्य भूमिका खेल्नुभएको थियो ।