रविको होइन सबै स्वतन्त्र सोच राख्नेको दल बनाउँ भन्दा मेरो प्रतिवदेनमा रोक लाग्योः ढकाल

काठमाडौं, १९ असार । आफुलाई स्वतन्त्र भन्दै उदायको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्य पुराना दल भन्दा पनि निरंकुश बनेको छ । स्वतन्त्रताको गफ दिएर नथाक्ने पार्टी सभापति रवि लामिछानेले आफ्नै पार्टीका महामन्त्री मुकुल ढकालले केन्द्रीय कमिटी बैठकमा पेश गर्न लागेको प्रस्तावलाई रोक लगाएर आफूलाई पुराना दल भन्दा बढी व्यक्तिवादी र निरंकुश भएको प्रमाणित गर्नुभएको छ ।

चर्का टिप्पणी गर्दै ठूला र पुराना राजनीतिक दललाई गालि गर्दै आउनु भएका लामिछानेले आफ्नै महामन्त्रीले रास्वपालाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्दै त्यहि विषयमा छलफल गर्न प्रस्ताव तयारी पारे पनि समापति लामिछानेलले रोक लगाएपछि महामन्त्री ढकाल रुष्ट बन्नु भएको छ ।

उहाँले आफ्नो प्रस्तावलाई रोक लगाएपछि पार्टी रवि लामिछानेको मात्रै नभएको भन्दै खेद प्रकट गर्नुभएको छ । बैठकमा टेप टाँसेर प्रस्तुत हुनुभएका उहाँले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहे पनि सभापति लामिछानेले रोक लागाउनुभयो ।

‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ उहाँले भन्नुभयो, ‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’