१८ महिनापछि प्रचण्डको बहिर्गमन, विपक्षमा दुइतिहाई सांसद

काठमाडौं, २८ असार । करीब १८ महिनामा २० पटक मन्त्रिपरिषद् गठन, पुर्नगठन गर्नुभएका प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिनु भएको छ । आज उहाँले पाँचौँ पटक विश्वासको मत लिनु भएको हो । उहाँले आज विश्वासको मत लिदाँ बैठकमा २५८ सांसद उपस्थित थिए ।

उहाँको विश्वासको विपक्षमा १९४ मत परेको छ । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मात्रै मतदान गरे । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पथ्र्यो तर आज विश्वासको विपक्षमा १९४ मत परेको छ । यो प्रस्तावको विपक्षमा परेको दुईतिहाई मत हो ।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले २०७८ पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभयो । त्यतिबेला उहाँले २६८ सांसदको मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला दुई सांसदले मात्रै विपक्षमा मत दिएका थिए ।