प्रधानमन्त्री नियुक्तिका लागि ओलीको दाबी पेश
काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि धारा ७६ को उपधारा २ अनुसार दलहरूलाई आह्वान गरे लगत्तै ओलीले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएको हो ।
केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु शीतल निवास पुगेका थिए । कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दाबी पेश गरेको एमालेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदहरुको संयुक्त हस्ताक्षरसहित दाबी पेश गरेको जानकारी दिनुभयो ।
शीतल निवासबाट बाहिरिनु भएका एक नेताका अनुसार राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आजै रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको छ ।