कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
काठमाडौं, ३१ असार । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । अब यो जितसँगै अर्जेन्टिनाको पोल्टामा कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि परेको हो ।
अतिरिक्त सममया लाउटारो मार्टिनजले गोल गरेपछि कोलम्बिया स्तब्ध भयो । मार्टिनजको एक गोल नै कोलम्बियालाई पराजित गर्दै उपाधि चुम्नका लागि अर्जेन्टिनालाई काफी भयो । १–० गोलले नतिजा निकाल्दै अर्जेन्टिनाले यो उपाधि मात्रै जितेन ।
उस्ले ४८औं संस्करणको कोपा फाइनलको जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सर्वाधि सफल टोली पनि बनेको छ । यसअघि अर्जेन्टिना र उरुग्वेसँग समान १५ पटक उपाधि जितेको रेकर्ड थियो । यो उपाधिसँगै अब अर्जेन्टिना उरुग्वे भन्दा अघि बढेको छ ।
अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा मार्टिनजले गोल गरेसँगै यो पटकको कोपा अमेरिका सम्पन्न भएको छ । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिए पनि भरपर्दा खेलाडिका कारण जित आफ्नो पोल्टामा पार्न अर्जेन्टिनालाई सहज भयो ।