प्रधान र उपप्रधानमन्त्रीहरुले लिनुभयो सपथ

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । उहाँले सपथ लिएपछि उपप्रधानमन्त्रीका रुपमा नेपाली कांग्रेसका प्रकाशमान सिंह र एमालेका विष्णु पौडेलले सपथ लिनु भएको छ ।
आज शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । त्यसपछि उहाँले दुई उपप्रधानमन्त्रीलाई सपथ खुवाउनु भएको हो ।
कांग्रेस र एमालेका सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको थियो । सपथ कार्यक्रममा राष्ट्रपति उपराष्ट्रपति, सभामुखसहित निवर्तनमान प्रधानमन्त्री प्रचण्डलगायतको पनि सहभागिता रहेको छ ।