ओलीको कमाण्डमा सिंहदरबार चलाउने २२ अनुहार
काठमाडौं, ३१ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि आजै २१ मन्त्रीले सपथ लिएका छन् । २१ जना मन्त्रीसहित ओली चौथो पटक प्रधानमन्त्रीका हैसियतमा सिंहदरबा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट ९ जना नेकपा (एमाले)का तर्फबाट प्रधानमन्त्रीसहित ८ जना मन्त्रीले सपथ लिएका छन् । जसपाले २ र लोसपाले एक मन्त्री पठाएको छ । नेकपा (एमाले) बाट ओली प्रधानमन्त्री बन्नु भएको छ भने उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । पृथ्वी सुब्बा गुरुङ सूचना तथा सञ्चारमन्त्री बन्दा एमालेका देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको छ ।
एमालेकै बलराम अधिकारी भूमि व्यवस्था, एमालेकै दामोदर भण्डारी उद्योग मन्त्री बन्नु भएको छ । एमालेकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी परेको छ । राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रकाशमान सिंह उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ भने रमेश लेखकलाई गृहको जिम्मेवारी प्राप्त भएको छ । देउवा पत्नी आरजु राणा परराष्ट्र र दीपक खड्का ऊर्जा मन्त्री बन्नुभएको छ ।
ऐनबहादुर शाही वन मन्त्री बन्दा अजय चौरसियालाई कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्दा बद्री पाण्डे पर्यटन र प्रदीप पौडयालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।
रामनाथ अधिकारीलाई कृषि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ । नवलकिशोर साह सुडी, महिला बालबालिका मन्त्रालयको र प्रदीप यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ ।
शरतसिंह भण्डारीले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । भण्डारी महन्थ ठाकुरले नेतृत्व गरेको र यादव र सुडी अकोश राईले नेतृत्व गरेको पार्टीबाट हुनुहुन्छ ।