एसिसी महिला एसिया कप क्रिकेट : नेपाल र भारत आज भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं, ८ साउन । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । सेमिफाइनलमा पुग्न नेपालले आज जित्नै पर्ने छ ।

समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले २ खेल जितिसकेको छ ।
यूएई २ खेलमा नै पराजित भएको छ । आजै समूह ए का पाकिस्तान र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ।