डिभिजन लिगदेखि ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्डसम्म टाेखाका सजन डंगोल

-सानुराज डंगोल
काठमाडौँ, १४ साउन । एक पटक विलियम शेक्सपियरले भनेका थिए रे – नाममा के छ र ? तपाईं गुलाफलाई अर्कै नामबाट सम्बोधन गर्नुस्, त्यस्ले सुवास दिन छाेड्दैन ।

टाेखाका एक मात्र गिनिज बुक अफ द वर्ल्ड रेकर्डधारी सजन डंगोललाई पनि जे नाम दिए पनि उनले फुटबल खेल्न छाेडेन ,सायद सजन फुटबल खेल्नकै लागि जन्मेको हुन सक्छ । उनले फुटबलमा केही न केही देखिरहेको भएर आज नसोचेको सफलता हात पारे।

फुटबल खेल उनकाे जिवनकै अभिन्न अंग भैसकेको छ । सजन डंगोलले एक घण्टामा दुई एकान्तर खुट्टाले सबैभन्दा धेरै फुटबल किकअप बाउन्स गर्दै नाै हजार २१८ पटक छोएर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भए पछि सबैतिर वाह ! वाही ! भएकाे छ ।

युकेको बर्मिंघम सिटी युनिभर्सिटीमा पढ्दै फुटबल खेल्दै आएका सजनले तालिमपछि किक अप अभ्यास गर्ने गर्दथे । एक पटक उसले गिनिज बुक अफ वल्र्ड रेकर्ड शीर्षकको लागि आवेदन दिन सक्छ भन्ने कुरा थाहा पाएपछि उसले प्रयास गर्ने निर्णय गर्यो।

यो उपलब्धि हासिल गर्न साजन डंगोल (नेपाल) द्वारा हाल बर्मिङ्घम, युनाइटेड किंगडममा,१६ फेब्रुअरी २०२४ मा दुई एकान्तर खुट्टाले सबैभन्दा धेरै किक अप बाउन्स गर्दै नाै हजार २१८ पटक छोएर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा आफ्नाे नाम दर्ज गरे पछि हाल आएर सजन यो बिधामा कीर्तिमानी बनेकाे छ । उनले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम दर्ज गरेकाले प्रमाणपत्र पाएका छन् ।

यी सफलता हासिल गर्दै युकेको बर्मिंघम सिटी युनिभर्सिटीमा एमए मास्टर्स समेत गरेका सजन डंगोल अहिले आफू यो कीर्तिमान सगै आफू जन्मेको ठाँउ सांस्कृतिक सहर टाेखा र नेपालको नाम राख्न पाएकोमा गौरवान्वित भएको बताउँछन् ।

टोखाका सजन डंगोलले बिश्व रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल भए पछि उनलाई अहिले सामाजिक संजालमा बधाईको ओइरो लागेको छ। उनलाई ब्यक्तिगत देखि उनका अभिभावक , गुरु,समकालीन साथीभाइ इष्टमित्र ,स्कुल कलेज, क्लब संघसंस्था , टाेखाका विभिन्न वडा देखि टाेखा नगरपालिकाका फेसबुक पेज सम्म सजनले हासिल गरेका बिश्व रेकर्ड गिनिज बुकले उपलब्ध गराएको प्रमाणपत्र र फुटबल खेलेको फाेटाे शेयर गर्दै बधाई दिनेहरुको ताँती भेटिन्छन्।

टाेखामा सामान्य परिवारमा गुजारा चलाउने डंगोल समाजसेवी तथा सांस्कृतिक अभियन्ता बुबा मनिराज डंगोल र आमा मोहनमाया डंगोलको दोस्रो सन्तानको रूपमा २०५२ असार २५ गते जन्मिएकाे हो।

टाेखामा सामान्य परिवारमा गुजारा चलाउने डंगोल समाजसेवी तथा सांस्कृतिक अभियन्ता बुबा मनिराज डंगोल र आमा मोहनमाया डंगोलको दोस्रो सन्तानको रूपमा २०५२ असार २५ गते जन्मिएकाे हो। सजनका बुबा मनिराज डंगोलले उनी सानैदेखि फुटबल प्रति निकै लगाव राख्ने खेलाडी भएकाे बताउँछन् ।

उनले स्कुलमा पढ्दापढ्दै विभिन्न स्थानीय स्कुलबिच हुने फुटबल प्रतियोगिताहरुमा फुटबल खेल्दाखेल्दै यु -१४ फुटबल फ्रेन्ड्स क्लबबाट राष्ट्रिय खेल समेत खेल्न भ्याए। पछि यु -१४ नेपाली राष्ट्रिय टिमबाट सजनलाई बोलाएको भय पनि क्लबबाट खबर गर्न ढिला भएकोले उनले सो अवसर गुमाउनु पर्यो।

सजनले बिन्द्य्यावासिनी सेकेन्डरी स्कुलबाट २०६७ मा एसएलसी उतिर्ण गरेका हुन् । उनले स्कूल स्तरीय विभिन्न प्रतियोगितामा सहभागीभइ उत्कृष्ट प्रदर्शन गर्दै उच्च गोल स्कोर समेत बनाएका छन् ।

सजनले टाेखामा भगवती क्लबले बर्सेनी आयोजना गर्ने टाेखा भ्याली रनिङ्ग शिल्ड प्रतियोगिता र बालप्रेमी खेलकुद मण्डलले आयोजना गर्ने उत्तर भेगीय फुटबल प्रतियोगितामा कहिले भगवती क्लब र कहिले बालप्रेमी खेलकुद मण्डलबाट स्थानीय लिगकम नकआउट प्रतियोगिताहरुमा भाग लिएर उत्कृष्ट प्रदर्शन गर्थे।

सजनले माध्यामिक शिक्षा सकेर २०६८/६९ मा काठमाडौंकाे सामाखुसीमा रहेकाे रेडन कलेजमा १२ कक्षामा अध्ययन संगै फुटबललाई पनि संगसगै लाने धोको पूरा गर्दा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने सहिद स्मारक सि- डिभिजन लिगमा टाेखाको भगवती क्लबबाट सजनले सहभागी हुने माैका पाए । उनले साेही खेलबाट नै राष्ट्रिय लिगको अनुभव बटुल्न पाए।

सजनले पाएका उपलब्धिहरुमा काठमाडौं नगरपालिका कपमा उत्कृष्ट मिडफिल्डर ,डिस्ट्रिक्ट लिगमा- बेस्ट मिडफिल्डर टोखाको टूर्नामेंटमा-उत्कृष्ट खेलाडी, भक्तपुरमा आयोजित ३ ठुलो प्रतियोगिता मध्य २ वटा खेलमा फाइनलसम्म पुगे ।

उनले सिक्किम टूर्नामेंटमा म्यान अफ द म्याचकाे ट्रफी पनि पाएका छन् । उनले यु-१९ वर्षमुनिको राष्ट्रिय टोलीमा ट्रेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि छनौट चरण पार गरे तर सहभागि हुनका लागि कागजपत्र मिलाउन नसक्दा उनी खेलबाट बन्चित भए । उनले यस खेल खेल्न नपाउँदा एकदम दु:खी भएकाे बताए ।

२०७० सालमा पब्लिक युथ क्याम्पसमा बिबिए पढ्दै गर्दा कलेजबाट बिबिए कपमा ४ वर्ष लगातार म्यान अफ द म्याच घोषित भए। याे उनकाे सुनाैलाे पाइला थिए । त्यतिमात्र हाेइन उनले पिवाइसी लाइस कपमा सर्वाधिक गोलकर्ता सहित’ म्यान अफ द म्याच’काे उपाधिसमेत पाएका छन् ।

उनले २०७१ सालमा बाँसबारी क्लबबाट सहिद स्मारक वि- डिभिजन लिग खेले भने २०७२ मा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट सहिद स्मारक ए- डिभिजन लिग खेल्ने अवसर पाए। सजनले मोफसल प्रतियोगिताहरुमा कहिले मनाङ मर्साङ्दी क्लबबाट, कहिले फ्रेन्ड्स क्लब कुपण्डोलबाट, कहिले काठमाडौं टिमको कप्तानी गरेर क्षेत्रीय खेल खेले । उनले आफूलाइ फुटबलमा निखार्दै लगे र अहिले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भए ।

उनले २०७१ सालमा बाँसबारी क्लबबाट सहिद स्मारक वि- डिभिजन लिग खेले भने २०७२ मा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट सहिद स्मारक ए- डिभिजन लिग खेल्ने अवसर पाए। सजनले मोफसल प्रतियोगिताहरुमा कहिले मनाङ मर्साङ्दी क्लबबाट, कहिले फ्रेन्ड्स क्लब कुपण्डोलबाट, कहिले काठमाडौं टिमको कप्तानी गरेर क्षेत्रीय खेल खेले । उनले आफूलाइ फुटबलमा निखार्दै लगे र अहिले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भए ।

सजनले युकेमा काम गर्ने कम्पनी माइनर वेयर विलिसबाट कम्पनी टूर्नामेंट खेल्दा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता घोषित हुँदै पेरा कप जितेको बताए । हाल उनी युकेमा पनि बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, एफसिभी ग्रेस डियु जस्ता क्लबहरुबाट विदेशी फ्रेचाइज फुटबल लीग खेलिरहेका छन् ।