काभ्रेपलाञ्चाेककाे बि एण्ड बि मन्टेश्वरिले मनायाे रक्षा बन्धन
काभ्रेपलाञ्चाेक, ३ भदाै । काभ्रेपलाञ्चाेककाे नमोबुद्ध नगरपालिका ७ मा रहेको बि एण्ड बि मन्टेश्वरीले रक्षा बन्धन कार्यक्रम मनाएकाे छ ।
मन्टेश्वरीले मायाँ र सदभावकाे चाड रक्षा बन्धन आफ्नै बालबालिकाहरूबीच मनाएकाे हाे ।
मन्टेश्वरीले बालबालिकाहरूबीच उनीहरूलेनै बनाएकाे राखी बाँधेर रमाइलाे गरेर मनाएका अविभावक रामहरी खनालले बताए ।
श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।
त्यस्तै नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
तस्बिर हरि खनाल: काभ्रे