वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने सम्पदा घिमिरे मिस युनिभर्स नेपाल
काठमाडौं : सम्पदा घिमिरेले मिस युनिभर्स नेपालको ताज जितेकी छन्। २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन्। सम्पदाले मेक्सिकोमा हुने ७३औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।
ललितपुरको गोदावरीस्थित कनभेन्सन सेन्टरमा भएको फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए।
अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन्। ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले बताएकी छन्। उनले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने बताएकी छन्।