नेवाः समूदायको संस्कृति बोकेको इन्द्रजात्रा विथोल्न युवा परिचालन र मेयर बालेनको अनुपस्थितिको नालिबेली
काठमाडौं, १ असोज । मुख्य गरेर काठमाडौं उपत्यकाका नेवार समूदायले मनाउँदै आएको इन्द्रजात्रा पर्व नेपालको इतिहासमा विशिष्ट स्थान रहेको सांस्कृतिक परम्परा हो । इन्द्रजात्रा कसले र कहिलेदेखि मनाउन थालियो भन्ने निश्चित तिथिमिति नभएपनि थुप्रै ऐतिहासिक अभिलेखहरुमा इन्द्रजात्राबारे उल्लेख भएको पाइन्छ । नेपालको प्राचीन शिलापत्रलगायत विभिन्न ऐतिहासिक सामग्रीहरुमा इन्द्रजात्राबारे उल्लेख भएकोले यो नेपालको धेरै पुरानो र महत्वपूर्ण जात्रा हो भन्ने स्पष्ट हुन्छ । इन्द्रजात्रामा पूजाआजा गरिने प्रमुख देवता नै इन्द्र हुन् । इन्द्रका बारेमा प्राचीन हिन्दू धार्मिक ग्रन्थ वेदमा प्रशस्त वर्णन गरिएको पाइन्छ ।
त्यसपछि पौराणिककालका विभिन्न धार्मिक ग्रन्थहरुमा इन्द्र र इन्द्रजात्राको पनि बयान गरिएको पाइन्छ । त्यस्तै इतिहासका विभिन्न कालखण्डमा पनि इन्द्रजात्रा र जात्रासँग सम्बन्धित विभिन्न कार्यबारे उल्लेख पाइन्छ । काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व अहिले धुमधामसँग मनाइरहेको छ । मुख्य गरेर नेवा समूदायको संस्कृति र परम्परासँग जोडिएको यो पर्वको छुट्टै खालको महत्व रहि आएको छ ।
विगतका वर्षहरुमा यो पर्वलाई नेवार समूदायले मात्रै होइन हरेक नेपाली र विदेशीहरुले समेत महत्वका साथ मनाउने गरेका छन् । के युवा, के केटाकेटी, के वृद्ध सबैको उपस्थितिमा मनाउने यो पर्वलाई विगतका वर्षहरुमा पनि इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना गरिने चलन छ । त्यो समारोहमा उपस्थित हुने विशिष्ट व्यक्तिहरुलाई स्वागत गर्ने काम र त्यहाँको व्यवस्थापन भने काठमाडौं महानगरपालिकाले गर्दै आएको थियो । राष्ट्रपतिको समेत उपस्थिति हुने त्यो समारोहलाई भब्य र सभ्यरुपमा मनाउँदै आएको इतिहास छ ।
तर, यो पटक भने नेवार समूदायको समेत आस्थासँग जोडिएको इन्द्रजात्रालाई हुलदंगामय बनाउने भूमिकामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकै डिजाइनमा केही भाडाका युवाहरुलाई परिचालन गर्ने प्रयास गरेपछि इतिहाँस र संकृति बोकेको इन्द्रजात्रामा केही दाग लागेको छ । काममा भन्दा पनि स्टन्टमा रमाउने मेयर साहले अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहमा पनि केही भाडाका युवाहरुलाई परिचालन गरेर आफ्नो पक्षमा जयजयकार गराउन लगाउनु भएको थियो । ती सबै कुराको व्यवस्थापन भने उहाँका विश्वासपात्र नगरप्रहरी प्रमुख राजु पाण्डेले गर्दै आएको महानगर स्रोतले जानकारी दिएको छ ।
यो जात्रामा अभिभावकीय भूमिका खेल्नुपर्ने मेयर साह यो पटक उपस्थित हुने संभावना कम छ । उहाँ इन्द्रजात्रा छल्नकै लागि भनेर भारत भ्रमणमा जानुभएको छ । जात्राको विशेष दिन आज हनुमान ढोकामा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पुग्ने कार्यक्रम छ । तर, साह भने त्यो कार्यक्रममा देखिने संभावना छैन । तर, उहाँकै रणनीतिमा जात्रालाई विथोल्ने नियतले केही युवाहरुलाई भाडामा परिचालन गरेर उहाँको तस्बिर अंकित टिर्सट लगाएर पठाएको अनुमान गरिएको छ । महानगर स्रोतले पनि योजनावद्ध रुपमै त्यसरी युवाहरु पठाएको दावी गरेको छ ।
आफ्नो पक्षमा जयजयकार मनाउन उहाँले भाडामा पठाएका करीब १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएसकेको छ । नियतवस नै साहले जात्रा विथोल्न त्यसरी परिचालन गरेपछि प्रहरीले सावधानी अपनाउँदै अहिले उनीहरुलाई प्रहरी वृत्त जनसेवामा राखेको छ । यो जात्राको विशेष महत्वका लागि सरकारले समेत काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ । यस्तो महत्वपूर्ण पर्वमा समेत मेयर साहले आफूलाई लोकप्रिय देखाउने भूत सवार गरेर आलोकाँचो काम गरेपछि त्यसको आलोचना भएको छ । यद्यपि, उहाँले परिचालन गरेर युटट्युव र केही फेसवुक पेजहरुले त्यो कालो तथ्यलाई ढाकछोप गर्दै अन्य ढंगले समाचार संप्रेषण गरेर दिग्भ्रमित पार्ने प्रयास गरिरहेका छन् ।
विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने भएपछि वसन्तपुर क्षेत्रलाई सुरक्षाका दृष्टिले पनि निगरानी गर्नु प्रहरीको दायित्व हो । अवाञ्छित तत्वहरुले गर्ने घुसपैठलाई नियन्त्रण गर्नु पनि प्रहरीको दायित्व हो । योजनावद्ध ढंगले नै हुलदंगा गर्न बसन्तपुर पुगेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अप्रिय घटना नहोस भनि सुरक्षा दिएर राखेको छ । ती युवाहरु उत्तेजित हुँदा स्थानीयहरु पनि आक्रोशित हुने र अप्रिय घटना हुनसक्ने भन्दै त्यस्तो स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको एसएसपी बसन्त रजौरेको भनाई छ । त्यसैलैले नेवा समूदायको इतिहास बोकेको इन्द्रजात्रा बिथोल्ने बालने प्रयास योपटकलाई असफल भएको छ ।