ओलीजीलाई पहिलो पटक मैले जेलमा भेटेको हो : देउवा
काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।
उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । उनले भने प्रदेश संरचना बनिसकेको हुनाले प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन ।
उनले भने, ‘ओलीजी प्रधानमन्त्री भएपछि प्रजातन्त्रलाई अझ मजबुद बनाउनको लागि उहाँले संविधानमा संशोधन गर्नुपर्ने कुरा भन्नुभएको छ । त्यो प्रजातन्त्रको खिलाफमा चाहिँ होइन ।
हामी सबै प्रजातन्त्रको लागि लडेको पार्टी हो । ओलीजीलाई पहिलो पटक मैले जेलमा भेटेको हो । हामी प्रजतान्त्रको लागि विद्यार्थी कालदेखि नै लडेर आएका हौं । जेलनेल सबै भोगेका पार्टी हौं । प्रजातन्त्रको खिलाफमा कुनै काम हुँदैन । यसलाई कसरी जनताको जवाफदेही बनाउने भन्ने कुरा भएको छ ।’