दुर्गा प्रसाईँ अब तीन दिन हिरासतमा

काठमाडौं, ६ असोज । दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईँलाई तीन दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो ।

साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो। प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ। प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ।