न्युयोर्कमा दुई प्रधानमन्त्रीबिच भेटः ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित
काठमाडौं, ७ असोज । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका नेपालका प्रधानमन्त्री ओेली र छिमेकी भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो । दुई प्रधानमन्त्रीबिचको भेटलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक भेट भनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।
‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो,’ उहाँले भन्नुभएको छ,’ ‘ भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’
भारतीय प्रधानमन्त्री मोदीको यी भनाइले पनि दुई प्रधानमन्त्रीबिचको भेट सकारात्मक भएको अनुमान गर्न सकिन्छ । पछिल्लो समय भारत ओलीसँग सन्तुष्ट नभएको भन्ने चर्चाका बिच दुई प्रधानमन्त्रीबिच करीब ३० मिनेट भएको यो भेटघाटले अवश्य पनि मोदीले भने जस्तै सम्वन्धले अझै गति दिने छ भन्ने अपेक्षा गर्न सकिन्छ ।