श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले सर्टिफिकेट बुझाउन नसकेपछि फिर्ता लिए नाम
काठमाडौं, ८ असाेज । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएकाे छ ।
संसदीय समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उहाँले आफ्नो नाम फिर्ता लिनुभएकाे हाे ।
संसदीय समितिले स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि भट्टराईको नाम अस्वीकृत गर्ने तयारी गरेकाे थियो ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा दुईतिहाइ नपुगेपछि मंगलबार निर्णय लिने भन्दै बैठक स्थगित भएकाे थियाे ।
भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध नभएपछि समितिले हिजोसम्म प्रमाणपत्र बुझाउन समय दिएको थियो ।
प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम अनुमोदन भइसकेको छ ।