बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीकाे जिम्मेवारी खाेसियाे
काठमाडौं, १० असाेज । ललितपुर भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि छानबिन थालिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो ।
घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति बनाइएको प्रहरी स्रोतले जनाएकाे छ । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।
छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयाे ।