७९ औँ महासभामा प्रधानमन्त्रीको सहभागिताः ३४ बुँदाको प्रेस नोट यस्तो छ
काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । उहाँले स्वदेश फर्किएपछि आफ्नो अमेरिका भ्रमण सफल भएको उल्लेख गर्नुभएको छ । उहाँले स्वदेश फर्किएपछि जारी गरेको प्रेस नोटमा आफू मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले जनधनमा क्षति पुगेको र सयौँ जनताको मृत्यु भएको उल्लेख छ । उहाँले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी रहेको भन्दै सुझबुझ र धैर्यताको लागि देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उहाँले सरकार यहाँहरूकै हो भन्दै यस विपदको घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउनु भएको छ । उहाँले संयुक्त राष्ट्रसंघको ७९औं महासभा तथा समिट अफ द फ्युचरमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहि असोज ४–१४ सम्म सहभागी भएको भन्दै । सेटेम्बर २२ मा अतिकम विकसित राष्ट्रहरुको समुहको अध्यक्षको हैसियतमा मैले त्यस समिटको मुख्य सत्रमा सम्बोधन गरेको उल्लेख गर्नुभएको छ ।
‘मैले समिटले पारित गरेको ‘प्याक्ट फर द फ्युचर, ग्लोबल डिजिटल कमप्याक्ट र डिक्लेरेसन्स अन फ्युचर जेनरेसन्स’ लाई अतिकम विकसित राष्ट्रहरुको समुहले स्वागत गरेको उल्लेख गरे । सम्बोधनको क्रममा मैले यी सहमतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने सुझाव राखेको छु,’ उहाँले प्रेस नोटमा उल्लेख गर्नुभएको छ,’ ‘जसबाट अतिकम विकसित राष्ट्रहरुले भोगी रहेको गरिबी, भोकमरी, असमानता एवं जलवायु परिवर्तन लगायतका समस्याहरुको पनि समाधान हुने विश्वास व्यक्त गरेको छु।’ उहाँले जारी गरेको ३४ बुुँदाको प्रेस नोट । Final of Postvisit Press Note of Rt. Hon. PM Visit to New York 2024 1