राज्य व्यवस्था समितिकाे बैठक : अलपत्र राजमार्गका यात्रुहरुको तत्काल उद्धार गर्न निर्देशन

काठमाडौं, १५ असोज । संसदको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।
समितिले मंगलबार बाढी तथा पहिरोको क्षतिबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाउनु भएकाे थियो ।
छलफलपछि समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको छ ।
राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले निर्देशन दिएको छ ।