हवाई भाडाको अनियन्त्रित मुल्यवृद्धिलाई तत्काल सर्वसुलभ बनाउन माग गर्दै पर्यटन मन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

काठमाडौँ १५ असोज । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेलाई हवाई भाडाको अनियन्त्रित मुल्यवृद्धिलाई तत्काल नियमन गर्दै सर्वसुलभ मल्य कायम गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।
कार्यबाहक अध्यक्ष गोविन्द गिरीको नेतृत्वमा अनेरास्ववियुले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो । ‘भर्खरै मात्र अबिरल वर्षले नेपाल राज्यभरी मुख्य तथा सहायक राजमार्गहरु बाढी, पहिरो र डुबानका कारण अबरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मूल्यको चरम बृद्धि हुँदा आम जनताहरुमा प्रत्यक्ष मार परेको छ,’ ज्ञापनपत्रमा भनिएको छ,’ ‘जसको गुनासो सामाजिक सञ्जालमा र संचार माध्ययमहरुबाट समेत प्रकट भैरहेको छ ।
नेपालीहरुको महान चाडपर्व दसैँको सम्मुखमा भएको यस गतिवधिले मृल्यबृद्धि कालोबजारीलाई प्रश्रय दिई आम जनतालाई विपद्का बेलामा सहयोग गर्नुपर्नेमा आलो घाउमा नुन छर्किने अमानवीय कार्य भएको छ । त्यसैलै अबिलम्ब हवाई भाडाको मूल्यलाई बैज्ञानिक रुपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मूल्यबृद्धिमा संलग्न हवाई यातायात संचालकहरु र संलग्न सबैलाई निष्पक्ष छानविन गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही फ्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछौँ ।’
त्यसैगरी अनेरास्ववियुले हवाई यातायातमा विद्यार्थी सहुलियतको नीतिगत प्रवन्धको व्यवस्था गर्न पनि माग गरेको छ । ‘अनेरास्वयुले लामो समयदेखि हवाई क्षेत्रमा विद्यार्थी सहुलियतको माग राख्दै आएको छ । त्यसैले हवाई यातायातमा समेत विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट उपलब्ध गराउन यथाशिघ्र आवश्यक नीतिगत प्रवन्ध गरी कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ,’ ज्ञापनपत्रमा बायुसेवा कम्पनीहरुको भ्रमावकारी नियमन गर्न पनि माग गरिएको छ, ‘बढ्दो हवाई दुर्घटनाले नेपालको हवाई यातायात असुरक्षित रहेको र अन्तराष्ट्रिय सुरक्षा मापदण्ड पूरा नगरेकोमा नेपली बायुसेवा कम्पनीहरु कालो सूचिमा रहेको विषयलाई गम्भीरतापूर्वक लिई दुर्घटना न्युनिकरणका लागि र अन्तराष्ट्रिय सुरक्षा मापदण्ड पालना गर्नका लागि नियामक निकायहरुले प्रभावकारी नियमन गर्न नसकेकोमा प्रभावकारी नियमन गर्नका लागि जोडदार माग गदर्छछौँ ।
अनेरास्ववियुले नेपाल एयरलाइन्सको प्रभावकारी सञ्चालनका लागि पनि माग गरेको छ । अनेरास्ववियुले सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्स कम्पनीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न तथा घाटामुलक संस्थाको रुपमा नभई प्रभारकारी नाफामुलकु संस्थाको रुपमा विकास गर्न संस्थागत तथा प्रशासनिक सुधारका लागि आवश्यक रणनीतिक योजना बनाउन पनि नेपाल सरकार समक्ष जोडदार माग गरेको छ । त्यसैगरी अनेरास्ववियुले सात वटै प्रदेशमा विपद्बाट पीडित भएकाहरुको सेवाका लागि टिम बनाएको छ ।